Wednesday, February 12, 2025
देशकोशी प्रदेशविराटनगरमा बम भनेर राखिएको झोलामा मोबिल र खतरा भनेर लेखिएको भेटियो

विराटनगरमा बम भनेर राखिएको झोलामा मोबिल र खतरा भनेर लेखिएको भेटियो

सुनसरी / विराटनगर उपमहानगरपालिका- ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु विहान भेटिएको थियोे । सो शंकास्पद वस्तुमा
रङको बट्टामा कपडा राखेर आतंक सृजना गर्न खाेजिएकाे थियो ।

डिस्पोज गरिएको वस्तु बम भनेर राखिएको झोलामा मोबिल र खतरा भनेर लेखिएको पेपर भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार `विहान भेटिएको शंकास्पद बस्तु भनिएको स्थानमा रङको बट्टामा कपडा भेटियो, खारजीमा इनामेलको बट्टामा खतरा लेखेको पाइयो ।

भोलि आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस