देशकोशी प्रदेशमोरङका चार स्थानमा मतगणना राखिने

मोरङका चार स्थानमा मतगणना राखिने

सुनसरी / भोलि मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङको उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने भएको हो ।

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने छ ।

मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा गरिने छ । क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नम्बर ३ मतगणना बेलबारी नगरपालिकामा रहेको भगवती माध्यमिक विद्यालयमा गरिने छ । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको छ ।

आवश्यक परेमा अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले बताए । मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ । एक मतगणना स्थलमा ६ गणकको टोलीलाई राखिनेछ भने ५ मंसिर बिहानबाट मतगणना गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img