देशकोशी प्रदेशधरानमा कुटपिटबाट महिलाको मृत्यु प्रकरणमा मुख्य आरोपित पक्राउ

धरानमा कुटपिटबाट महिलाको मृत्यु प्रकरणमा मुख्य आरोपित पक्राउ

सुनसरी / धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि मुख्य आरोपितलाई पक्राउ परेका छन् ।

कुटपिटबाट घाइते भएकी धरान १३ कि ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । अमरघाटमा सिलाई–बुनाईको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो ।

मृतकका आफन्त र प्रत्यक्षदर्शीले कुटपिटकै कारण उषाको मृत्यु भएको आरोप लगाएका छन् । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोष्टमार्टम गर्ने भनिएको छ ।

यता, आज मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकि मूख्य आरोपित उर्मिलाको घर घेराउ गर्दै महिलाहरुले नाराबाजी लगाएर घेराउ गरेका छन्।

मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरुले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।

३८ दिनअघिको कुटपिटका कारण मृत्यु भएको हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनको श्रीमानको करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकि एकल महिला हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img