Thursday, May 22, 2025
देशकोशी प्रदेशझापामा छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु
spot_img

झापामा छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

spot_img

सुनसरी / झापाका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार बिहीबार राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, भद्रपुर नगरपालिका- ७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको साइकलयात्री ठक्कर दिएको थियो । मृत्यु हुनेमा टिपरको ठक्करबाट सोही ठाउँकि मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेवको भएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img