Thursday, May 15, 2025
देशकोशी प्रदेशइटहरीबाट जन्ती बोकेर गएको जीप धनुषामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ...
spot_img

इटहरीबाट जन्ती बोकेर गएको जीप धनुषामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

spot_img

सुनसरी / इटहरीबाट जन्ती बोकेर गएको जिप महोत्तरीको धनुषामा दुर्घटना हुँदा पाँच जना मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

बा १ ज ८३९६ नम्बरको जीप महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किदै गर्दा शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका- २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी(बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका- ४ का २५ वर्षीय अब्दुल मन्सुर रहेका छन् ।

घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img