देशकोशी प्रदेशबराहक्षेत्र ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने
spot_img

बराहक्षेत्र ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने भएको छ ।

बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले सडक डिभिजन कार्यालय विराटनगरका प्रतिनिधिसहित भएको छलफलमा कामलाई तीव्रतासँगै गुणस्तरीय सडक निर्माण गर्न निर्देशन दिएका छन् । जनताले महत्वको साथ हेरेको उक्त सडक स्तरोन्नतीका निम्ति गुणस्तरीय काम गर्न उनको निर्देशन छ ।

बराहक्षेत्रबासीको आर्थिक उपार्जन तथा शैक्षिक क्षेत्रसँगै स्वास्थ्य सेवासँग जोडिएको उक्त सडक गत आर्थिक वर्ष नै २० करोड ७० लाख ६८ हजार सडकको डिभिजन कार्यालय विराटनगर मार्फत पीआर इन्फास्ट्रक्चर काठमाडौँले निर्माणको जिम्मेवारी पाएको हो ।

बाङ्गेदेखि ६ किलोमिटर लम्बाई र ७ मिटर चौडाइ रहने उक्त योजनामा ४ वटा कल्भर्ट, ३ वटा स्लाप कल्भर्ट समेत निर्माण हुनेछ । ८०० मिटर नाली र ६७५ घन मिटर जाली निर्माण हुने, सडक निर्माण भइसकेपछि बराहक्षेत्रको बजार र पर्यटनको क्षेत्रमा सहयोग समेत पुग्नेछ ।

निर्माण कम्पनीका प्रतिनिधि विदुर गौतमका अनुसार सडकको काम सुरु गर्ने अन्तिम तयारी रहेको छ । पहिलो चरणमा सडकको दायाँ–बायाँ ड्रेनको काम गरी कालोपत्रेको काम हुने भएको हो । – साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img