सुनसरी / उदयपुरको कटारी नगरपालिका- २ मा करेन्ट लागेर ३० बर्षीय दिल कुमार थापा मगरको मृत्यु भएको छ ।
हिजो सोमबार आफ्नै घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुँदा पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।