Thursday, May 15, 2025
देशकोशी प्रदेशधरानकी ४२ वर्षीया उषा राईको हत्यामा संलग्न चारजना पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक
spot_img

धरानकी ४२ वर्षीया उषा राईको हत्यामा संलग्न चारजना पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक

spot_img

सुनसरी / धरान- १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले आज मंगलबार पत्रकार सम्मेलनमार्फत हत्यामा संलग्न धरान- १३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान १७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बू सुब्बालाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

कुटपिटबाट घाइते भएकी राईको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर १३ गते मृत्यु भएको थियोे । अमरघाटमा सिलाई–बुनाईको काम गर्ने उषा र उर्मिला राईको बीचमा विवाद थियो ।

हत्यामा संलग्न मुख्य आरोवित उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समूहका सदस्यहरूलाई बोलाएर कुटपिट गर्दा उषा गम्भीर घाइते भएकी थिइन् ।

उनको श्रीमानको करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकि एकल महिला हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img