देशबागमती प्रदेशसमाचार लेखिएकाे आराेपमा पत्रकार कुटीएपछि

समाचार लेखिएकाे आराेपमा पत्रकार कुटीएपछि

मकवानपुर । गत आम निर्वाचन २०७९ को समिक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकाहरु पिटिएका छन् ।

नेपाली काँग्रेसभित्र आन्तरीक द्वन्द्व रहेको र अन्तरघातकै कारण गठबन्धनले हार व्यहोर्नु परेको समिक्षात्मक समाचार लेखेको कारण आपसमा भनाभनपछि हातपात भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर १ ख बाट नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेको घाइते पत्रकारहरुले बताएका छन् ।

बागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा इन्द्र र पत्रकार रामकुमार रिजाल एलन माथि कुटपटि भएको हो । हेटौँडाको एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका टोलीले कुटपिट गरेको हो ।

करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका बताइएको छ ।

 

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img