सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा अरुण डाँडा महोत्सव हिजोबाट सुरु भएको छ ।
स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित हिजो बिहीबारदेखि सुरु भएको महोत्सव ६ दिनसम्म सञ्चालन भएको छ ।
महोत्सवमा आगन्तुकलाई लक्ष्य गरेर विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रदर्शनी, विभिन्न संस्कार र संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति गरिएको छ ।
आज २३ गते स्थानीय कलाकारहरू बाट गीत तथा नृत्य प्रस्तुति भयो , भोलि २४ गते सुनिता थेगिम,बाल चन्द्र बराल र सुमन थापामगरकाे प्रस्तुति , २५ गते लाेक दाेहाेरी र शम्भु राईकाे प्रस्तुति र २६ गते शम्भु राईकाे सम्मान प्रस्तुति जस्ता कलाकार उपस्थिति हुनेर महोत्सव समापन हुने भएको छ । अरुण डाँडाको विकासका लागि विस्तृत परियोजना तयार गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।