देशकोशी प्रदेशइटहरीका पनि अवैध संरचना हटाउन सुरू

इटहरीका पनि अवैध संरचना हटाउन सुरू

सुनसरी / इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना तथा खोला पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको छ ।

मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित इन्जिनियरहरूसहितको टोलीले २ वटा निर्माणधीन अवैध संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरीक्षण गरी उनीहरूले निर्माण गर्दै गरेको घर तत्काल नबनाउनका लागि निर्देशन दिइएको छ भने इटहरीका सुदीप दाहालको पैनीमाथि बनाएको संरचना पनि भत्काइएको छ ।

हिजो मंगलबार इटहरीका २० वटै वडामा निर्माण भएको अवैध संरचना हटाउन वडाहरूलाई दिइएको निर्देशन कडाइको साथ लागू गर्न बताइएको छ । निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरूले तत्काल छोड्न निर्देशन जारी गरिएको छ ।

उपमहानगरको सूचनालाई बेवास्ता गरेको पाइएमा कानूनअनुसार कारबाही अगाडि बढाइने बताइएको छ । यता, खोला–पैनीमा अवैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img