देशकोशी प्रदेशझापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु

सुनसरी / झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको दुर्घटना घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका- ८ मा बस्ने ५८ वर्षीया तुलसादेवी गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका- ५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी- १० मा बस्ने ५८ वर्षीय शुक्रबहादुर तामाङलाई चोट पटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार महिला गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुरको अरुण गाउँपालिका- ५ का ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ भने घटना विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img