Thursday, October 10, 2024
देशकोशी प्रदेशधरानमा मादक पदार्थ सेवन गरी स्कुटर चलाउँदा एक पुरुषको मृत्यु

धरानमा मादक पदार्थ सेवन गरी स्कुटर चलाउँदा एक पुरुषको मृत्यु

spot_img

सुनसरी / धरानमा मादक पदार्थ सेवन गरी स्कुटर चलाउँदा आँफै अनियन्त्रित भइ दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

हिजो दिउँसो बिहीबार धरान- ९ आचार्य लाइनस्थित भित्री सडक खण्डमा सडक खण्डमा को ३२ प ८२३७ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा स्कुटी चालक धरान उपमहानगरपालिका -१९ का बस्ने वर्ष ४३ को वीरेन्द्र लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

लिम्बूको अनुहार र हातखुट्टामा चोट लागेर घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरमनमा उपचारका लागि लगिएकोमा बोल्न नसक्ने गम्भीर अवस्थामा उपचाररत लिम्बूको साढे ३ बजे मृत्यु भएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img