देशकोशी प्रदेशधरानकी उषा राईको कुटपिटपछि हत्या गर्ने तीन महिला कारागार चलान, एक महिला...

धरानकी उषा राईको कुटपिटपछि हत्या गर्ने तीन महिला कारागार चलान, एक महिला धरौटीमा रिहा

सुनसरी / धरान उपमहानगरपालिका -१३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सुनसरी जिल्ला अदालतले घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न र तीन महिलालाई कारागार चलान गर्न आदेश दिएको हो । मङ्सिर १३ गते भएको घटनमा संलग्न कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरोपित अर्की महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img