सुनसरी / झापाको गौरादह नगरपालिका- १ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
गौरादह -१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले पैदलयात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
गत बिहीबार दिउँसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय गौरादहले जनाएको छ । बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।