Monday, January 13, 2025
समाजप्रचण्डका ज्वाइँ मन्त्री नियुक्त

प्रचण्डका ज्वाइँ मन्त्री नियुक्त

काठमाडौं । १ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य विना विभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । आचार्यसँगै माओवादीका २ र नेकपा एमालेका १ मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्डको दबाबमा ज्वाइँलाई मन्त्री नियुक्त गरिएपछि माओवादीभित्र चर्को असन्तुष्टि देखिएको छ । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।

माओवादीका जीवन आचार्य र दुर्गाप्रसाद चापागाईं तथा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले शपथ लिएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img