Monday, January 13, 2025
देशकोशी प्रदेशझापामा दुई वटा राँगा चोरी गर्ने भारतीय नागरिक पक्राउ

झापामा दुई वटा राँगा चोरी गर्ने भारतीय नागरिक पक्राउ

सुनसरी / झापामा गोठमा बाँधी राखेको दुई वटा राँगा चोरी गर्ने एक जना पक्राउ गरेका छन् ।

झापा गाउँपालिका- ४ का अमालो मियाँको गोठमा बाँधी राखेका दुई वटा राँगा चोरेर फरार रहेका थिए । भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

सो घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गोदा नाम गरेका तीन जना व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । महमद नाजिरलाई चोरी गरेको शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img