Thursday, January 23, 2025
समाज१२ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा भेटियो

१२ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा भेटियो

धनगढी । डडेल्धुरामा १२ दिनदेखि बेपत्ता भएका बालकको गाडिएको अवस्थामा भेटिएको छ । पुस १२ गतेदेखि बेपत्ता भएका आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव खाल्डोमा गाडिएको अवस्था फेला परेको हो ।

स्थानीय दानबहादुर विष्टले २७ पुसमा बालक बेपत्ता भएको खबर गरेको प्रहरीले जनाएको छ । खोजतलास गर्ने क्रममा शनिबार घरभन्दा पाँच सय मिटर टाढा शंकास्पद खाल्डो देखेपछि उत्खनन् गर्दा शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगांदत्त बडुले जानकारी दिए ।

बालकको ह’त्या गरेर घटनाबारे जानकारी नहोस् भनेर शव गाडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बडुले बताए । घटना शंकास्पद देखिएको भन्दै अनुसन्धानका लागि मृतक बालककी आमा र सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले जानकारी दिए । उनले ह’त्या किन र कसले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img