देशकोशी प्रदेशइटहरीमा पिकअपले साइकलयात्रीलाई ठक्कर, एक जनाको मृत्यु

इटहरीमा पिकअपले साइकलयात्रीलाई ठक्कर, एक जनाको मृत्यु

सुनसरी / इटहरीमा पिकअपले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका – १२ स्थित कोसी राजमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको पिकअपले ठक्कर दिँदा साइकलयात्री सुनसरीको गढी गाउँपालिका – १ का ६० वर्षीय आनन्द चौधरीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img