सुनसरी : मोरङको सुन्दरहरैंचा स्थित गछियामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएका छ
हिजो आईतबार साँझ प्रदेश नं १- ०२- ००१ ख ९४३० नं को ट्रकले पार्किङ गरिरहेको को २५- प- ४७४८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकललाई ठक्कर दिएको थियोे ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बुढीगंगा- ७ बस्ने अन्दाजी ३८ वर्षीय सुमित्र खवासको मृत्यु भएको इलाका प्रहरी कार्यलय गछियाले जनाएको छ ।
घाइतेलाई प्रहरीद्वारा उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा पुर्याएपछि उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



