सुनसरी / इटहरी २० को तरहरा देखि धरान सेउती सम्म सर्वसाधरण यात्रुहरुले दैनिक आउजाउ गर्न सास्ती भएको भन्दै इटहरीका मेयर हेमकर्ण पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन् ।
इटहरी २० को तरहरा देखि धरानको सेउती सम्म ५ किलोमिटर सडक निमार्णमा ठेकेदारले लापरवाही गरेको भन्दै स्थलगत निरिक्षणमा मेयर पौडेलले लामो समय देखि ठेकेदार पक्षको लापरवाहीले काम समयमा नसकिएको भन्दै ‘तरहरा–सेउती पुल सम्म यात्रा गर्न गाह्रो रहेको बताए ।’
मेयर पौडेल सहित प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोलिले स्थलगत अनुमगनमा गएर ठेकेदार पक्षलाई निर्देशन दिएको हो । पानीपिया क्षेत्रमा भेटिएका ठेकेदार पक्षका व्यवस्थापक तारा खड्कालाई सोमबार मेयर पौडेलले भेटेर काम चाँडै सक्नका लागि निर्देशन दिएका हुन् ।
विराटनगरको रानी योजना २०७४ साल असोजमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर लामो समय देखि सडक विस्तारमा ढिलाई हुदा इटहरी तथा आसपासका सर्वसाधरणहरुले दु:ख पाएको स्थानीय सर्वसाधारण बताएका छन् ।