सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका- ६ स्थित सडक खण्डमा टयाक्टर पल्टिँदा हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
आज मंगलबार बिहान देवानगंज- रासी सडक खण्डमा को २ त ६२३८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडको साइडपल्टी पल्टिँएको हो ।
घाइते मध्य ट्याक्टर चालक बर्जु गाउँपालिका -५ का ४० वर्षीय प्रमोद पण्डितको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो। घाइते सहचालक सुनसरीको देवानगञ्ज -२ का ३० वर्षीय धीरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय देवानगञ्जले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान प्रहरीले भइरहेको छ ।