सुनसरी / इटहरीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार आज दिउँसो ४ बजेतिर इटहरीको मुख्य चौक नजिकै ट्रकले ठक्कर दिएको हो ।
ना ५ ख ४५५३ ट्रकले धरानतर्फ जाँदै गरेको २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा इटहरी वाड नम्बर – ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम) को मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।