Monday, January 13, 2025
देशकोशी प्रदेशझापामा हात्ती धपाउन टांगिएको करेन्टमा परी एक व्यक्तिको निधन

झापामा हात्ती धपाउन टांगिएको करेन्टमा परी एक व्यक्तिको निधन

सुनसरी / हात्तीबाट जोगिन आफ्नै घर अगाडि टांगेको बिजुलीको करेन्ट लागेर झापाको बिर्तामोड – ७ स्थित बाह्रघरे निवासी एक व्यक्तिको मृत्यु भएको छ ।

गएराति पिसाब गर्न बाहिँर निस्किँदा करेन्ट लागेर झापाको बिर्तामोड- ७ का ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको थियोे ।

हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए । हात्ती प्रभावित क्षेत्रका मानिसहरुले आफू र अन्नबाली जोगाउन त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img