Sunday, July 20, 2025
समाजहेटौडामा तरकारीको भाउ घट्यो!

हेटौडामा तरकारीको भाउ घट्यो!

spot_img
  • कमल लुवागुन

मकवानपुर- हेटौडामा तरकारीको मुल्य सस्तिएको छ। पछिल्लो केही हप्ता देखि तरकारीको मुल्य सस्तिएको तरकारी तथा फलफूल ब्यवसायिक ‍‍दिलिप चौलागाईंले जानकारी दिए।

हेटौंडा तरकारी बजारमा गोलभेडा प्रती किलो १५ रुपैयाँमा बिक्रि भइरहेको छ। गोलभेडा २०/२५ रुपैयाँ खुद्रा मुल्य रहेको छ।

- Advertisement -

थोक बजारमा नयाँ आलु प्रती किलो २० र खुद्रा ३०/४० रुपैयाँ प्रती किलोमा बिक्रि भइरहेको तरकारी ब्यापारी चौलागाईंले बताए । माछे खुर्सानी थोक मुल्य प्रती किलो ६० र ७० रुपियाँ खुद्रा मुल्यमा बिक्रि भइरहेको उनले बताए।

त्यस्तै काक्रो थोक मुल्य ३५/४० रुपियाँ र खुद्रामा ५० रपैयाँ , गाजरको थोक मुल्य १६ रुपैयाँ र खुद्रा ३० रुपियाँ, मुलाको थोक मुल्य २० रुपियाँ र खुद्रा मुल्य ३०/३५ रुपैयाँ प्रति किलो, राजमाको थोक मूल्य ७० रुपियाँ र खुद्रा ८० रुपियाँ, फर्सी थोक मूल्य २० रुपैया र खुद्रा ३० रुपियाँ रहेको छ।

त्यस्तै काउलिको थोक मुल्य १० र खुद्रा २०/२५ रुपियाँ सम्म छ। प्याजको थोक मुल्य ४० रुपियाँ र खुद्रा मुल्य ५०, अदुवा थोक मुल्य ६० र खुद्रा मुल्य ८० , रायोको साग मुठाको ३०, बन्दाको थोक मुल्य १२/१५ रुपैयाँ र खुद्रा मुल्य २० रुपैयाँ, इस्कूस मुल्य २५ रुपैयाँ प्रती केजि, भ्यान्टा थोक मुल्य ४० रुपैयाँ र खुद्रा मुल्य ५० रुपैयाँ र भेडी खुर्सानी थोक मुल्य ७० रुपैयाँ र खुद्रा मुल्य ८० रुपैयाँमा बिक्रि भइरहेको चौलागाईंले जानकारी दिए।

हेटौडामा फर्सी, गाजर, मुला, खुर्सानी र गोलभेडाहरु चितवन, बुटोल, सर्लाइ, बाट ल्याईन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img