Monday, January 13, 2025
समाजभोली देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुने

भोली देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुने

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको थियो । 

संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि एक दिन देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

संघले देशभरका सम्पूर्ण सर्वसाधारण नागरिक, बुद्धिजीवीवर्गलगायत शाखा कार्यालयहरुलाई घोषणा गरिएको आन्दोलनलाई साथ र समर्थन दिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । संघका महासचिव डा. बद्री रिजालले भीभीआईपीको सुरक्षाका नाममा कुनै चिकित्सक तथा स्वास्थ्यकर्मी, आम सर्वसाधारणलगायत बिरामीले दुःख दिन नहुने भन्दै अबदेखि यस्तो परिपाटी अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य संस्था सुरक्षित हुनुपर्छ भन्ने जुन माग हो त्यसलाई सम्बोधन हुनुपर्छ । आउँदा दिनमा घटना हुनु हुँदैन ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img