Thursday, January 23, 2025
देशकोशी प्रदेशइटहरीमा सडक मिचेर बनाएका घरहरू भत्काउने काम तीव्रता

इटहरीमा सडक मिचेर बनाएका घरहरू भत्काउने काम तीव्रता

सुनसरी | इटहरीमा सडक मिचेर बनाएका घरहरू भत्काउने काम इटहरी उपमहानगरपालिकाले तीव्रताका साथ अघि बढाएको छ ।

कोशी राजमार्ग विस्तार गरी फराकिलो बनाउने कामलाई इटहरी उपमहानगरपालिकाले तीव्रताका साथ अघि बढाएको छ । इटहरी वडा नम्बर ९ मा पर्ने सडक क्षेत्राधिकारभित्र पर्ने १४ वटा घरहरु दुई साताअघि भत्काएको थियो भने वडा नम्बर ६ मा पर्ने ३४ वटा घर भत्काउन शनिबारसम्मको समय दिएपनि कतिपयले अटेर गरेपछि उपमहानगरपालिकाको डोजर प्रयोग गरि घर भत्काएको हो ।

६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि स्थानीयले घर भत्काउन अटेर गरेपछि स्थानीय सरकार अघि सरेको हो । एक साता अघिपनि उपमहानगरपालिकाले अल्टिमेटम दिँदै सुचना जारी गरेको थियो ।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ । सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काएको हो ।

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको हो । स्थानीय बासि र प्रहरीहरू उपस्थिति थियोे ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img