Monday, January 13, 2025
देशकोशी प्रदेशउद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित, को को भए त...

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित, को को भए त निर्वाचित

सुनसरी / उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् । यता, मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरेका हुन् ।

वाणिज्य तथा महिला तर्फको मतगणना पनि सम्पन्न भइसकेको छ । सार्वजनिक मत परिणाम अनुसार जिवन पराजुली समूहका सिनेट रिजाल १२२१ मत सहित निर्वाचित भएका छन् । उनी उद्योग वाणिज्य संघ इटहरीका कान्छा उमेदवार हुन् ।

यस्तै, रञ्जु सिग्देल प्यानलबाट १०२२ मत सहित राकेश श्रेष्ठ निर्वाचित बनेका छन् । पराजुली प्यानलबाट नै ध्रुव अधिकारी ९०४ मत, संजय शाह ८८१ मत,अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत सहित निर्वाचित भएका छन् । यता रञ्जु सिग्देल प्यानलबाट श्रेष्ठसँगै सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मत सहित निर्वाचित भएका छन् ।

महिला सदस्य तर्फ दुवै जना पराजुली समूहले बाजी मारेको छ । पराजुली समूहका शोभा कोइराला (सबिना)१२४९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने पराजुली प्यानलकै मिना ढकाल ९१६ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img