सुनसरी / मोरङको उत्तरी क्षेत्रमा रहेको मिक्लाजुङ गाँउपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो एक सातादेखि जंगली हात्तीको एउटा हुल गाउँ पसेपछि त्रास कायमै रहेको छ ।
स्थानीय रातभर जाग्राम बस्न थालेका छन । दैनिक जसो साझ पर्न बितिकै हात्तिको हुल गाउँपसेर घर भत्काउनुका साथै अन्नबानली नस्ट गर्ने गरेको छ । हिजो आईतबार राति मात्र एउटा हाति गाउँपसेर दुई वटा घर भत्काएको छ ।हात्तीको त्रासले स्थानीय रातभर जाग्राम बस्न थालेका छन् ।
यता, इटहरी वडा नम्बर २ , ३ र १९ मा एक सातादेखि जङ्गली हात्ती बस्तिमा आउन थालेको छ । इटहरी २ को शान्तिनगरमा बेलुका हुने साथ जङ्गली हात्ती बस्ति तिर आऊने गरेको छ ।
इटहरी २० र इटहरी २ मा पर्ने बन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरु त्रसित बनेको छन । रातको समयमा हात्ती बस्ती छिरे धेरै क्षती हुन सक्छ त्यसैले अहिले सडक क्रस हुन नदिन स्थानियहरु रातभर जाग्रम बस्दै आएका इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले बताए ।