सुनसरी \ इटहरीमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ स्थितमा पार्किङ गरी राखेको विक्रम खड्काको प्र १_०२_०४० प ३३१८ नम्बरको सुपर स्पेल्न्डर मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकलसहित इटहरी वडा नम्बर – १ घर भएका दुर्गेस चौधरी र धनकुटा नगरपालिका- १ घर भएका सौगात थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई विराटनगर ११ बाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूमाथि म्याद थप गरी अनुसन्धान भइहेको इटहरी प्रहरीले जनाएको छ ।



