Monday, January 13, 2025
देशकोशी प्रदेशआज कोशी प्रदेश बन्द

आज कोशी प्रदेश बन्द

विराटनगर– प्रदेश नामकरणको विरोधमा आइतबार कोशी प्रदेश बन्दको आह्वान गरिएको छ ।

बन्दका कारण कोशी प्रदेशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि विभिन्न ठाउाँमा सार्वजनिक सवारीसाधन चलेका छैनन् । कोशी प्रदेशका पथरी, इटहरी, तरहरा, धरान आदि स्थानमा बन्दकर्ताहरु सडकमा आएका छन् । उनीहरूले सडकमा अवरोध गरिरहेका छन् ।

प्रदेश नम्बर १ को नाम पुनः नामाङ्कन संघर्ष समितिले आजको बन्द आयोजना गरेको हो । संघर्ष समितिमा विभिन्न पहिचानवादी जातीय संस्थाहरूको सहभागिता रहेको छ ।

प्रदेश बन्दको पूर्व सन्ध्यामा शनिवार कोशी प्रदेशका विभिन्न सहरहरूमा राँके जुलुस समेत प्रदर्शन गरिएको थियो । प्रदेश सभाले यो प्रदेशको नाम कोशी प्रदेश राखेपछि विभिन्न समुहले विरोध गर्दै आएका छन् । कोशी प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्यमध्ये ८२ जनाले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img