सुनसरी / कोशी प्रदेश नामाङ्कनलाई खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आव्हान गरिएको आजको प्रदेश १ बन्द इटहरीमा आंशिक देखिएको छ ।
किराँत मोर्चाले कोसी प्रदेश नामकरणको विरोधमा बन्द गरेको हो । कोशी प्रदेशका सबैजसो जिल्लामा बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
सार्वजनिक यातायात भने चलेका छैनन् । निजि सवारीसाधन साधन, मोटरसाइकल, स्कुटर सिटिसफारी, टेम्पु चलका छन् । सार्वजनिक विद्यालय, निजि विद्यालय बन्द गरिएको छ । एम्बुलेन्स, दमकल लगायतका अतिआवश्यक सवारीसाधन भने चलिरहेका छन् ।
इटहरीबाट धरान जाने ६ लेन सडकअन्तर्गत तरहरामा बन्दकर्ताले आन्दोलन गरेका छन् । ६ लेन सडकमै दुवैतर्फ बन्द गरिदाँ लामो बाटो भएर आउने सवारी साधनहरू गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरूको समस्या परेको छ ।