सुनसरी / इटहरी उपमहानगरपालिकाले वैशाख ३ गते (भोलि) इटहरी नगरभरी सार्वजनिक विदा दिएको छ ।
थारु जातीलाई प्रथम जाती घोषणा गरेको उपमहानगरपालिकाले थारु जातिले मनाउने सिरुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ। यस इटहरीमा बैशाख महिनाभरी विभिन्न ग्रामथानहरुमा थारु समुदायले पुजा गर्ने र मेला महोत्सवमा रमाउने गरेका छन् ।
इटहरीभरी थारु संस्कारलाई संरक्षण, संबद्र्धन र सम्मान गर्दै तीन गते विदा दिइएको मेयर हेमकर्ण पौडेलले हस्ताक्षर गरेका सुचनामा उल्लेख छ ।
थारु जातीको विकास र उत्थानको साथ साथै थारु जातीको भाषा, भेषभुषा, कला, सँस्कृति, रितिरिवाज, परम्परालाई संरक्षण, सम्बर्द्धन र प्रर्वद्धन गर्ने उद्धेश्य इटहरी उपमहानगरपालिकाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।