सुनसरी : धनकुटाको गुठीटार–बाघखोर–छिदी सडक निर्माणधिन अवस्था रहेको छ । यस सडकमा गिटि लगाएर ग्राबेल गरिन काम भइरहेको छ ।
पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडक पनि यही वर्ष कालोपत्र सुरु हुने निर्माण कम्पनी रमन दिव्यज्योति रोजन जेभीले जनाएको छ ।
कालोपत्रको काम असारसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी जनाएको छ । हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको निर्माण कम्पनीका इञ्चार्ज अरुणप्रसाद थपलियाले जानकारी दिए । ‘यो सडक निर्माणको काम तीव्र गतिमा अघि बढाएका छौँ’, उनले भने, ‘वर्षातका कारण केही समस्या भइरहेको छ । मौसमले साथ दियो भने असारसम्म कालोपत्रको काम सक्ने उनले बताए ।
यो सडक पनि ‘आस्फाल्ड’ प्रविधिबाट साढे पाँच मिटर चौडाइ र चार सेन्टिमिटर बाक्लो कालोपत्र हुने निर्माण कम्पनीले जनाएको छ ।