देशकोशी प्रदेशप्रधानमन्त्रीले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने

प्रधानमन्त्रीले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने

सुनसरी : इटहरीमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनुभएको छ ।

आज ७ गते आइतबार प्रदेश १ को बाढी , पहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममाइटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले विशेष गरि किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनुभएको छ ।

`धेरै ठाउँमा किसानहरूको धान बाढीले नष्ट गरेको छ , कुहाएको छ । यसले गर्दा किसानलाई धेरै घाटा, नोक्सान छ । ´ प्रधानमन्त्री देउवाले भन्नुभयो `अहिले भएको साधन प्रयोग कम भएमा विदेशसँग मागेर भएपनि केही न केही गर्छौ , एउटा प्याकेज बनाएर काम गर्छौं ।

उहाले भन्नू भयो खेतमा पाकेर घर भित्र्याउने बेला भएका धानबालीमा वर्षा र बाढी , पहिरो धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला `गाँस,बास´ र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले बताउनुभएको छ ।

अहिलेको अवस्था बुझेको छु , काठमाण्डौ गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं । साधन , मागेरै भए पनि अहिलेको अवस्थामा पिडितहरूलाई सहयोग जुटाउँछौँ भन्ने कुरा उहाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img