Wednesday, February 12, 2025
देशकोशी प्रदेशसुन्दरहरैंचाको नयाँ वृन्दावन गौशालामा एक करोडमा गाईको विशाल प्रतिमा स्थापित

सुन्दरहरैंचाको नयाँ वृन्दावन गौशालामा एक करोडमा गाईको विशाल प्रतिमा स्थापित

सुनसरी : इटहरी बुढी खोला किनार मोरङको सुन्दरहरैंचामा रहेको नयाँ वृन्दावन गौशालामा गाईको विशाल प्रतिमा स्थापित गरिएको छ ।

फाइबरको कच्चा सामाग्री प्रयोग गरेर निर्माण गरिएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको छ । सो प्रतिमालाई विश्वकै अग्लो गाईको प्रतिमा भनिएको छ । गाईको विशाल प्रतिमाले यस क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकास गर्ने अपेक्षा गरिएका साथ स्थापना गरिएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको गाईको प्रतिमा निर्माण गरिएको छ । गाईको प्रतिमा र त्यसभन्दा तलको १२ कोठे एकतले भवन निर्माणको लागि नगरले झण्डै एक करोड रुपैया बजेट विनियोजन गरेको नयाँ वृन्दावन गौशालाको व्यवस्थापन गरिरहेको राधेश्याम सेवा ट्रस्टका संरक्षक दीनबन्धु शास्त्रीले बताए ।

‘नयाँ वृन्दावन गौशाला बनिसकेपछि यस क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास भएको थियो भने यो गाईका कारण सुन्दरहरैंचा र इटहरी क्षेत्रकै पर्यटकीय र धार्मिक क्षेत्रको विकास हुने विश्वास गरिएको छ ।

बुढी खोला किनारमा सुनसरीको इटहरी उपमहानगरपालिकासँगै टाँसिएको उक्त नयाँ वृन्दावन गौशालामा यसअघि नै प्रदेशकै सबैभन्दा ठूलो राधाकृष्ण मन्दिर निर्माण गरिएको छ ।

विभिन्न गोत्रहरुका ऋषिको नेपालकै पहिलो खुला संग्रहालय रहेको उक्त स्थानमा विभिन्न देवीदेवताका मन्दिरहरु, गौशाला, वाटर फाउन्टेन, गुरुकुल निर्माण भइसकेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस