सुनसरी : कोशी प्रदेश खारेजको माग राख्दै विराटनगरमा आज भएको झडपका क्रममा ४६ जना घाइते भएका छन् । घाइते हुनेमा १६ जना प्रदर्शनकारी र ३० जना प्रहरी छन् ।
प्रदेश नामकरणको विरोधी पक्षले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ । भिडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १८ राउण्ड हवाई फायर गरिएको छ।
प्रदेशसभाको बजेट अधिवेशन बाट सुरु भएको छ।आज प्रदेशसभा नजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले जनाएको छ। सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको छ । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै हिडिरहेका छन् ।