सुनसरी : मोरङको केराबारी गाउँपालिका – २ सिंहदेवीमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
केराबारी–राजारानी सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ज १७३६ नम्बरको खाली पिकअप मंगलबार राति दुर्घटनामा परेको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा चालक केराबारी वडा नम्बर -२ का २८ वर्षीय मणि राईको मृत्यु भएको छ।
पिकअप दुर्घटनाग्रस्त अवस्थामा सडकबाट लगभग ३ सय फिटजति तल भेटिएको थियो। राईको शव सडकबाट लगभग ७० फिटजति तल फेला परेको हो ।
स्थानीयले आज बिहान घटनाको जानकारी दिएपछि प्रहरी टोली प्रहरीलाई पुगेको थियो। आफैँ अनियन्त्रित भएर पिकअप दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान खुलेको छ।



