सुनसरी : अत्याधिक गर्मि बढेपछि विराटनगर महानगरपालिका अन्तर्गत संचालित विद्यालय आज र भोलि बिदा हुने भएको छ ।
केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले आज बिहीबार र भोलि शुक्रबार दुई दिन विदा दिने निर्णय गरेको हो ।
वर्षे विदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । अहिले सञ्चालन भइरहेका परिक्षा भने यथावत रहने छन् ।