देशकोशी प्रदेशविश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

सुनसरी : पतञ्जली योग समिति इटहरीले विश्व वातावरण दिवसको अवसरमा इटहरीमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

५० औं विश्व वातावरण दिवसको उपलक्ष्यमा पतञ्जली योग समिति इटहरी नगरको आयोजनामा इटहरीको आर्मीमा क्याम्प अगाडि ५० ओटा फुल तथा वोट विरूवाहरू रोपेर वृक्षारोपण कार्यक्रम गरिएको छ ।

पर्यावरणलाई स्वच्छ बनाउदै योगलाई पनि अगाडि बढाएर , स्वच्छ जीवन ,स्वच्छ मन , स्वच्छ विचारका लागि कार्यक्रम गरेको पतञ्जली योग समिति सुनसरी जिल्ला अध्यक्ष ओम प्रसाद कोइराला बताए।

पतञ्जली योग समितिले असार ६ गते योग दिवसको अवसरमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम गर्ने तयारी रहेको गर्ने र सबै योगहरू स्वच्छ रहौ भन्ने अभियानका साथ पतञ्जलीले विभिन्न जिल्ला भरिमा विभिन्न कार्यहरू गरेको अध्यक्ष कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img