देशगण्डकी प्रदेशबेनीबाट पोखराका लागि छुटेको बस दुर्घटना हुँदा १८ जना घाइते

बेनीबाट पोखराका लागि छुटेको बस दुर्घटना हुँदा १८ जना घाइते

बाबियाचौर– म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

आज साेमवार दिउँसो बेनीबाट पोखराका लागि छुटेको मा ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुश्मा नजिकै दुर्घटना भएको हो ।

बसमा अन्दाजी २३ जना रहेकामा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक (असई) रविन पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img