सुनसरी : इटहरी वडा नं. – १२ मा प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९ प ०८३ नम्बरको मोटरसाइकलले सडक पार गर्दैगर्दा साइकलयात्री इटहरी वडा नम्बर -११ का ६० वर्षीय भरत दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा दाहाल गम्भीर घाइते भएका थिए उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा उनको मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका – ७ का २२ वर्षीय विशान सुन्दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरुभएको छ ।



