देशकोशी प्रदेशइटहरी उपमहानगरपालिका भित्र विद्यालय कर्मचारीको आन्दोलन

इटहरी उपमहानगरपालिका भित्र विद्यालय कर्मचारीको आन्दोलन

सुनसरी / इटहरी उपमहानगरपालिकाका हाता भित्र विद्यालय कर्मचारीले आन्दोलन गरेका छन् ।

आइतबार बिहान १० बजेदेखि ३ बजे सम्म इटहरी उपमहानगरपालिका भित्र इटहरीका विभिन्न सामुदायिक संस्थाका कर्मचारीहरूले उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै आन्दोलन गरेका छन् ।

आज विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्द गरेको थियोे सो आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् । सामुदायिक विद्यालयका लेखाशाखाका कर्मचारी र कार्यालय सहयोगीहरु कामकाज छाडेर आन्दोलनमा थिए ।

देशभर ३५ हजार यस्ता कर्मचारी रहेका छन् । सरकारले लेखा शाखामा काम गर्नेलाई मासिक साढे १३ हजार र कार्यालय सहयोगीलाई ८ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img