Tuesday, July 8, 2025
राशिफलहेर्नुस असार महिनाको राशिफल

हेर्नुस असार महिनाको राशिफल

spot_img

असार महिनाको राशिफल:

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई असार महिना निकै उत्साहवर्द्धक रहनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। पढाई लेखाइमा उल्लेख्य सुधार आउनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। उद्योग–धन्दामा हातहाल्ने समय छ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष अवसर प्राप्त हुनेछ। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। महिनाकाे उत्तरार्धमा पारिवारिक समस्या सुल्झनेछन्। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। गरेका कामबाट राम्राे लाभ उठाउन सकिनेछ। भाैतिक स्राेत–साधन जुट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम हासिल गर्न सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

-सूचना-

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो महिनामा नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सम्भावना देखिए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ला। बुद्धिकाे उपयाेगले अप्ठ्यारै काम पनि सम्पादन गर्न सकिनेछ। सत्कर्मले राम्रै फाइदा पनि दिलाउन सक्छ। अध्ययन, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। पेसा–व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। नयाँ काम थालनी गर्न सकिनेछ। मूल्यवान् उपकरण संग्रह गर्ने समय छ। महिनाकाे उत्तरार्धमा घरायसी माहाेल बिग्रन सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद अउने समय छ। आफ्नैले झुक्याउनेछन्, सजग रहनुहाेला। यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँले हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
यो महिना उत्साहवर्द्धक नै रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । अधैर्य व्यवहार प्रदर्शन गर्दा समाजबाट टाढा भइनेछ। ज्वरो, टाउको दुखाइ र आँखाको समस्याले सताउन सक्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। वादविवाद तथा चोटपटकको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। महिनाकाे उत्तरार्धमा स्थिति अनुकूल बन्नेछ। आम्दानी बढ्नुका साथै भाैतिक साधन प्राप्त हुनेछन्। उद्याेग, कृषि तथा पशुधनबाट विशेष फाइदा हुनेछ। विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिनेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र उपहार हातलागी हुनेछन्। मिहिनेत गर्दा आँटेको काम बन्नेछ। यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई याे महिना संघर्षमय रहनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। खर्चिलो काममा हात हाल्नाले अर्थअभाव देखापर्नेछ। परिस्थितिवश नयाँ कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। व्यापारमा मन्दी आउनेछ। पेसा–व्यवसायमा समय दिन नसक्दा आयस्राेत कमजाेर बन्नेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइने सम्भावना छ। चोटपटकको याेग देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउनेछ। यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग खैरो वा सेतो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
असार महिनामा स्थानान्तरण र लामो यात्राको सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्तिकाे सम्भावना छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। परिस्थितिअनुसार केही समस्या पनि देखापर्ने छन्। परिवारमा असमझदारी बढ्न सक्छ। चाेटपटक तथा माैसमी समस्याले स्वास्थ्यबाधा हुनेछ। धनहानि र मालमत्ता हराउने सम्भावना देखिएकाले सुरक्षामा अलि सजग रहनुहोला। यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महा लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो महिना चलाखीपूर्ण बोली र कामले कार्यहरू सफल हुनेछन् । शुभ र मङ्गल कार्यको योग पनि छ ।। तारिफयाेग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुन सक्छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ। उत्तरार्धमा भने केही धन हानि हुन सक्छ। यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो असार महिनामा नयाँ सवारी साधन प्राप्तिको योग छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । समाजका अगुवासँग प्रतिस्पर्धा हुन सक्छ। पूर्वाधार कमजोर हुनाले व्यावहारिक चुनौती आइपर्नेछन्। चिताएकाे काममा बलपूर्वक प्रयत्न गर्नुपर्ने देखिन्छ। तापनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। लगानी बढाउनुपरे पनि नयाँ कार्य थालनी हुनेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। महिनाको उत्तरार्धमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ र मिहिनेत गर्दा आर्थिक स्थितिमा सुधार आउनेछ। नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ। सद्विचारले प्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
असार शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा सहयोगीहरूले साथ दिन छाड्नेछन्। अरूको भरपर्दा लाभांश गुम्न सक्छ। व्यापार तथा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। स्वास्थ्यमा कब्जियत तथा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। नयाँ काम राेकिए पनि पहिलेकाे उपलब्धि जाेगाउन सजग रहनुहाेला। यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो महिनामा रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ । शुभ, मङ्गल र नयाँ कार्यको योग छ आफन्तसँग मतभेद बढ्नाले मन अशान्त रहनेछ। परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। यात्रा, भोगविलास र भेटघाटमा अधिक खर्च हुनेछ। अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। आयस्राेत कमजाेर बन्नाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। नयाँ क्षेत्रमा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ। दाेहाेर्याएर प्रयत्न गर्दा अड्किएका काम उत्तरार्धमा सम्पादन हुनेछन्। यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो कुलदेवताको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
असार महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। सेयर लगानी, किनबेच तथा साझेदारीमा पनि सामान्य फाइदै हुनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। यसअघि राेकिएका काम पनि सम्पादन हुनेछन्। हिम्मत गर्दा दिगो काममा जग बसाउने समय छ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। सहयोगीहरूलाई समेट्न नसक्दा उत्तरार्धमा समस्या आउला। प्रेमको बन्धन समेत कमजोर हुनेछ। यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
असार महिमा श्रम र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । पेटकाे गडबडी तथा मौसमी समस्याले स्वास्थ्य कमजाेर रहनेछ। अध्ययन र पेसा–व्यवसायमा सक्रियतापूर्वक जुट्न नसकिएला। महत्त्वाकांक्षी काममा स्वास्थ्य र वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू पनि प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। व्यापारमा सामान्य लाभ हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। यो महिनाको लागि शुभ अङ्क ३,१० र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
महिनाको सुरुका दिन त्यति राम्रो देखिँदैन, कार्यमा बाधा आउनसक्छ । सम्भावना अध्ययन नगरी ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। चुनौतीपूर्ण परिस्थितिले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। खर्चिलाे र महत्त्वाकांक्षी कामले आर्थिक जाेखिम निम्त्याउने, परिवारमा असमझदारी बढ्ने र घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने ग्रहयोग छ। थालेकाे काम बीचमा अड्किन सक्छ। समयमा जिम्मेवारी पूरा नहुन सक्छ। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img