Saturday, July 19, 2025
देशकोशी प्रदेशइटहरी–धरान निर्माणाधीन सडक खण्डमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु

इटहरी–धरान निर्माणाधीन सडक खण्डमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु

spot_img

सुनसरी / इटहरी- धरान क्षेत्रमा रहेको सडकखण्डको चारकोसे जंगलमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

इटहरी–धरान सडक खण्डमा पर्ने चारकोसे झाडीको निर्माणाधीन चाल लेन सडकमा काम गर्ने तीन मजदुरलाई शुक्रबार राति पिकअप भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

- Advertisement -

धरानाको शनी मन्दिर दक्षिणमा काम गर्ने सप्तरीको सुरुङ्गा नगरपालिका २ का १८ वर्षीय ज्योतिष सदा, विशाल सदा र सिराहाको लहान नगरपालिका १५ का १८ वर्षीय लभ सदालाई ठक्कर दिएको थियो ।

शुक्रबार राति ९ बजे खाजा खाएर फर्कने क्रममा पछाडिबाट ठक्कर दिएको त्यहाँ कार्यरत लहान नगरपालिका २ का १६ वर्षीय नारद सदाले बताए ।

पिकअपको ठक्करबाट घाइते भएका उनीहरूलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्योतिष र विशालको मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

अर्का एक जना घाइते लभ सदाको प्रतिष्ठानको आइसीयुमा राखेर उपचार भइरहेको छ । दुर्घटनापछि इटहरीतर्फ फरार भएको उक्त पिकअपको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img