देशकोशी प्रदेशसिटि सफारीको दर्ता इटहरी उपमहानगरले गर्ने, दर्ता शुल्क घट्यो

सिटि सफारीको दर्ता इटहरी उपमहानगरले गर्ने, दर्ता शुल्क घट्यो

सुनसरी : इटहरी उपमहानगरपालिका ई-रिक्सा जिम्मा पाएसँगै तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) को दर्ता प्रक्रिया अघि बढाएका छन् । जसअनुसार इटहरीमा मात्र हालसम्म ५० वटाभन्दा बढी सफारी दर्ता भइसकेको छ ।

प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएसँगै नियमनको जिम्मा पाएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको हो ।

सो क्रममा इटहरी उपमहानगरपालिकाले दर्तामा लाग्ने शुल्कसमेत घटाएको छ । यसअघि पारित भएको सरसफाई तथा पार्किङ्ग शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने, ई रिक्सा दर्ता शुल्क एक हजार ४ सय लाई घटाएर एक हजार एक सय रुपैया कायम गर्ने, बाटो इजाजत पत्र शुल्क एक हजार ५ सय लाई घटाएर एक हजार २ दुई कायम गर्ने निर्णय गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।

व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img