देशकोशी प्रदेशझापामा ट्रकले कारलाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु , पाँच जना घाइते

झापामा ट्रकले कारलाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु , पाँच जना घाइते

सुनसरी : झापाको शिवसताक्षी नगरपालिकामा ट्रकले कारलाई ठक्कर दिँदा दुईवटा दुईजना मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आज बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिकाका ४० वर्षिय गुरूचरण चौधरी बाबु र १७ वर्षीया कुमकुम चौधरी छोरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते भएबाहरूको उपचार भइरहको छ । घाइते र सवारीसाधनको पहिचान नम्बर खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img