देशकोशी प्रदेशइटहरीमा मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम

इटहरीमा मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम

सुनसरी : नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको आयोजनामा इटहरीमा वृक्षारोपण गरिएको छ ।

खेलकुद विकासको लागि स्थानीय तहदेखि केन्द्र सम्म भौतिक पुर्वाधार व्यवसाठर प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने नारा सहित बृहत वृक्षारोपण कार्यक्रम गरिएको हो ।

नेपाल खेलकुद महासंघ सुनसरी वडा नम्बर ३ स्वर्गद्वारी घाट खोला किनारमा नेकपा एमाले केन्द्रीय सदस्य लछ्मि गौतमको प्रमुख आतिथ्यमा, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव सन्तोष बान्तवा लगायतको उपस्थितिमा भएको कार्यक्रम नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा इटहरी वडा नम्बर ३ का अध्यक्ष उमेश सुबेदीको अध्यक्षतामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको नेपाल खेलकुद महासंघ सुनसरी सचिव सचिब राजन घिमिरेले बताए ।

जिल्लामा रहेका १०० जना भन्दा बढी युवा, खेलाडी साथै स्थानीय बुद्धिजीवी, राजनितिक ब्यक्तित्व हरुले १ सय जति हाराहारीमा बिरुवा रोपेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img