Thursday, July 17, 2025
देशकोशी प्रदेशपथरीशनिश्चरेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

spot_img

सुनसरी : मोरङको पथरीशनिश्चरेमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो टेम्पो चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बरको अटोलाई आज बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका- २ मा ठक्कर दिएको थियोे । दुर्घटनामा परेर अटोका चालक पथरीशनिश्चरे नगरपालिका वडक नम्बर २ का अन्दाजी ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यलय पथरीशनिश्चरेले जनाएको छ ।

- Advertisement -

ट्रकले अटोलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको हो । ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img