सुनसरी : मोरङको लेटाङबाट कानेपोखरी जाँदै गरेको बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।
हिजो शुक्रबार राति सात बजेतिर मोरङको लेटाङ नगरपालिका ३ स्थित लेटाङ–कानेपोखरी सडक खण्डमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरीत दिशाबाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको थियो ।
ठक्करबाट अटो चालक कानेपोखरी गाउँपालिका -६ बस्ने अन्दाजी ३५ वर्षीय सागर तामाङको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो भने अटोमा सवार ८ वर्षीया रोशनी मगरको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यलय कानेपोखरीले जनाएको छ ।
अटोमा सवार कानेपोखरी ६ बस्ने अन्दाजी ३३ वर्षीया टीका आले मागर घाइते भएकी छन् । उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो चालक चालक प्रहरीले नियन्त्रणमा लिएको छ । बोलेरो चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।